“सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थयको अधिकार सम्बन्धी अझै केहि विषय सामवेश गर्न प्रस्ताव गर्ने भएको छ । यस विषयमा अझै गृहकार्य गरेर निति नियममा लेख्न छुटेका विषयहरु समावेश गर्ने सांसद बिमल कार्कीले बताएकी छन् ।
प्रदेश सरकारमा यस बारेमा जानकारि गराएर यस यसलाइ सवै जनताको पहुच सरल र सहज बनाउने प्रादेशीक ऐनको बिषयमा परार्मश छलफल कार्किले बताएका हुन । प्रदेश १ को सुनसरीमा युवा विकास केन्द्र र भिजिवल ईम्पयाटको सहकार्यमा “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थयको अधिकार सम्बन्धी प्रादेशीक ऐनको बिषयमा परार्मश छलफल” कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रदेश १ सांसद बिमल कार्की र कृष्ण कुमारी राईको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सुनसरी र मोरङ्गको यस क्षेत्रमा कार्य गर्ने संघ संस्था र विभिन्न समुहको युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रमा बनाईएको प्रजनन् स्वास्थ्य ऐन मा भएको कुराहरुलाई कार्यन्वयनमा ल्याउनका लागि चाडो भन्दा चाडो निर्देशिका बनाउन आफुहरुले जोड दिने सांसद बिमल कार्की र कृष्ण कुमारी राईले सहभागि सामु राख्नु भएको थियो ।
त्यसै गरी यौन तथा प्रजनन् स्वास्थय र अधिकारको बिषयको बजेट पनि यस विषयको ४ वडा ऐनको परिक्षेद ०२,३,४,५ ९ शिर्षकमै विभाजन गरी र्शत सहितको हुनु पर्ने कुरामा युवा विकास केन्द्रको संस्थापक अध्यक्ष अरुण खड्काले धारण व्यक्त गरेका छन् ।
युवा विकास केन्द्रले शुरक्षित मातृत्व तथा प्रजनन स्वास्थयको अधिकारको क्षेत्रमा विगत ७ वर्षदेखि विभिन्न सरकार, सरोकारवाला निकाय र स्थानिय युवामाझ कार्यकम गर्दे आएको छ र ऐन कानुन निर्माणमा सल्लाह सुझाव दिदै आएको छ ।
News Source: https://www.sochkhabar.com