इटहरी,६ श्रावण । युवा विकास केन्द्र र ईम्पयाटको सहकार्यमा नीति निर्माताहरुका लागी सन्दर्भ सामाग्री वारे छलफल सम्पन्न भएको छ । असुरक्षित गर्भपतनका कारण महिला तथा किसोरीहरुले भोग्दै आएको समस्याहरुलाई न्यनिुकरण गर्नको लागी पनि यस कार्यक्रममा भएका कुराहरु तथा यस प्रतिवेदनमा भएका सब्दहरुलाई मसिनो गरी केलाएर आफुले निती निमार्ण गर्ने ठाउमा पु¥याउने १ नम्वर प्रदेसका सांसद यसोदा अधिकारीले वताइन् ।
कार्यक्रममा नेपालमा गुणस्तरीय,लाञ्छनारहित तथा युवामैत्री सुरक्षित गर्भपतन सेवाको लागी पैरवीमा समर्थन गर्न पहलकदमी नीतीनिमार्ताका लागी सन्दर्भ सामाग्री विषयमा युवा विकास केन्द्रका संथापक अरुण खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए । युवा विकास केन्द्रका अध्यक्ष सञ्जय चौधरीको सभापतित्वमा भएको सो कार्यक्रममा मानव अधिकारको रुपमा गर्भपतन,राष्ट्रिय सन्दर्भमा गर्भपतन,सुरक्षित गर्भपतनलाई सम्वोधन गर्ने मानव अधिकार सम्वन्धी अन्राष्ट्रिय ब्यवस्थाहरु,विद्यालयको पाठ्यक्रममा वृहत् यौनिकता सुनिश्चितता गर्ने, गायतको विषयमा छलफल गरीएको थियो ।
News Source: http://newpati.com